नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न
नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन परम श्रद्धेय खेन्चे याङ्सी रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा बौद्ध स्थित होटल हायात्मा सुसम्पन्न भएको छ । उक्त कार्यक्रममा ञिङमा संघका सदस्य खेन्पो ग्युर्मी छुल्ठीज्यूबाट स्वगात् मन्तव्य, महासचिव खेन्पो ङावाङ लुडुपज्यूबाट संघको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । उपस्थित विशिष्ट अतिथि संघका सल्लाहकार ङिमी शेर्पा, शेर्पा संघका अध्यक्ष एडी शेर्पा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष तथा संघका सल्लाहकार सम्पुर्ण कुमार लामा, संघका सल्लाहकार जिप छिरिङ लामा, माननीय कृपासुर शेर्पाको साथै प्रमुख अतिथि परम श्रद्धेय खेन्चे याङ्सी रिन्पोछेज्यूले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथिज्यूले मन्तव्य राख्ने क्रममा नेपाल बौद्ध ञिङमा संघले विगतका दिनहरुमा गर्दै आएका कार्यको मूल्यांकन गर्नु हुदै कार्यहरुको प्रसंशा गर्नु भयो । उहाँले विशेष गरी संघबाट वार्षिक रुपमा आयोजना गर्दै आउनु भएको ञिङमा मोन्लामको प्रसंशा गर्नु भई बौद्ध तीर्य स्थालको संरक्षण तथा संवद्र्धन गर्नको लागि बौद्धनाथ जस्ता महत्वपूर्ण बौद्ध तीर्थ स्थालहरुमा मोन्लाम कार्यक्रमको अति आवश्यकता रहेको विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संघका सल्लाहकारहरुलाई प्रमुख अतितिज्यूबाट कदर–पत्र तथा तीन वर्ष कार्यकाल पुरा गर्नु भएका सदस्यहरुलाई प्रमाण–पत्र वितरण गर्नु भएको थियो । अन्तमा संघका अध्यक्ष श्रद्धेय खेन्पो साङ्ग्ये राङज्युङ रिन्पोछेज्यूबाट त्रिवर्षीय कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद सहित भविष्यमा पनि सहयोगको अपेक्ष राख्नु भयो ।
कार्यक्रमको साधारण सभाले कार्यसमितिको निर्वाचनको लागि संघका सल्लाहकार तथा माननीय सभासद् कृपासुर शेर्पाको संयोजकमा संघका सल्लाहकार सम्पुर्ण कुमार लामा र ङिमी शेर्पा गरी तीन सदस्सिय निर्वाचन समिति गठन गरी दोस्रो कार्यसमितिको पदाविधि समाप्त भएको घोषणा गरियो । महाधिवेशन निर्वाचन मण्डलमा आवश्यक पदका लागि दर्ता गरिएको नामहरु निर्वाचन मण्डलले सर्वजानिक गरिएको थियो र त्यसमा कसैको विरोध नरहेपछि सर्वसम्मतबाट चौथौं कार्यकालको कार्यसमितिमा
१. खेन्पो साङ्ग्य राङ्ज्युङ रिन्पोछे – अध्यक्ष
२. खेन्पो सेङ्डक टुल्कु रिन्पोछे – पहिलो उपाध्यक्ष
३. खेन्पो ग्युर्मी छुल्ठीम – दोस्रो उपाध्यक्ष
४. खेन्पो ङावाङ लुडुप – तेस्रो उपाध्यक्ष
५. आचार्य नुर्बु शेर्पा – महासचिव
६. खेन्पो ङावाङ रिग्डोल – सचिव
७. लोपेन मिङमार नोर्बु शेर्पा – कोषाध्यक्ष
८. टुल्कु सेराप जाङपो – सदस्य
९. लोपेन कर्म रबग्ये तमाङे – सदस्य
१०. लोपेन थुप्तेन येसे गुरुङ – सदस्य
११. छ्योङी लामा – सदस्य
१२. छोइङ राङडोल रोकाय – सदस्य
१३. लोपेन ङिमा डोल्मा (पोक्चे तमाङ)
१४. लोपेन डोल्कार गले
१५. पासाङ दोर्जे लामा
१६. लामा ठिले (तोर्ची लामा)
१७. अंफुरी शेर्पा गरी कुल १७ सदस्यियको कार्यसमिति चयन गरिएको थियो । निर्वाचित नयाँ कार्यसमितिहरुलाई प्रमुख अतिथि रिन्पोछेज्यूले सदस्यता प्रमाण–पत्र वितरण गर्नु भएको थियो । अन्तमा उपस्थित विभिन्न संघ संस्था, गोन्पा आदिका प्रतिनिधिहरुले नव निर्वाचित सदस्यहरुलाई खादा लगाई बधाई शुभकामना दिएको थियो ।

